Section 180
यो ऐन लागू नहुने
(१) देहायको विषयमा देहाय बमोजिम हुनेछ :
(क) नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान का सम्बन्धमा यो ऐन लागू हुने छैन ।
(ख) निजामती सेवाको हकमा प्रचलित निजामती सेवा सम्बन्धी कानूनको व्यवस्था लागू हुनेछ ।
(२) विशेष कानूनद्वारा गठन हुने सेवार विशेष आर्थिक क्षेत्रको हकमा प्रचलित नेपाल कानूनमा नै सेवाका शर्त र सुविधाहरु उल्लेख भएको रहेछ भने त्यस्तो सेवामा सोही बमोजिम हुनेछ ।
(३) कुनै श्रमिकको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धमा प्रचलित नेपाल कानूनमा कुनै व्यवस्था नभएमा त्यस्तो श्रमिकको पारिश्रमिक सेवाका शर्त र सुविधाको हकमा यो ऐनको व्यवस्था स्वतः लागू हुनेछ ।
(४) कुनै श्रमिकको सम्बन्धमा यो ऐन लागू नहुने भनी निर्णय, आदेश वा फैसला गर्दा यस ऐनद्वारा प्रदत्त अधिकार तथा सुविधा त्यस्तो श्रमिकको हकमा कुन कानून बमोजिम प्रदान गरिएको छ सोसमेत खुलाइर्निर्णय, आदेश वा फैसला गर्नु पर्नेछ ।
(५) श्रम जीवी पत्रकार ऐन, २०५१ लागू हुने प्रतिष्ठानका रोजगारदाताले यस ऐन बमोजिम रोजगार सम्झौता गरेमा वा त्यस्तो प्रतिष्ठानको श्रमिक र रोजगारदाताबीच यस ऐनको व्यवस्था लागू हुने सम्भता गरेमा त्यस्तो श्रमिकको हकमा समेत यस ऐनको व्यवस्था लागू हुनेछ ।